• होमपेज
  • अटो
  • विद्युतीय बस सेवा सुरु

विद्युतीय बस सेवा सुरु

  • सोमवार, भदौ २३, २०७६
विद्युतीय बस सेवा सुरु

सुन्दर यातायात प्रालिले चीनबाट नेपालका पहिलो पटक भित्र्याएको सो विद्युतीय बस उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लव कार्यालय परिसरबाट सो सेवाको शुभारम्भ गरेका हुन् ।
एक दशकअघि सरकारी स्वामित्वमा ट्रली बस सेवा सञ्चालन हुने गरेकोमा हाल बन्द छ । अब भने निजी क्षेत्रबाट पहिलोपटक विद्युतीय चार्जमार्फत सार्वजनिक बस सेवा भएको हो।

विद्युतीय बस सुरुमा काठमाडौंको चक्रपथमा सञ्चालन हुनेछ ।
कम्पनीले तत्काल नै सातवटा बसमार्फत सेवा सुरु गर्ने जनाएको छ।

प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउने योजना बनाएको छ। कम्पनीले वर्षभरिमा २५ वटा बस काठमाडौंमा सञ्चालन गर्नका लागि ल्याइने योजना रहेको जनाएको छ।

सुन्दरले ल्याउने बस ४० सिट क्षमता सम्मका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी तीन किसिमका बस ल्याउनेछ । कम्पनीका अनुसार बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । त्यसबाट यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् ।

गाडीमा सीसी क्यामरा, जीपीएस, ह्यांगरलगायतको सुविधा रहनेछ ।

बसको भाडा अन्य सवारी साधनको भन्दा २० प्रतिशत कम निर्धारण गरिएको छ । अध्यक्ष थापाले सरकारले सार्वजनिक यातायातलाई तोकेको भाँडामा भन्दा २० प्रतिशत कम हुने गरी विद्युतीय बसको भाडादर तोकिएको पनि बताए । काठमाडौंमा हुने वायू र ध्वनी दुवै प्रदुषणलाई कम गर्ने उद्देश्यका साथ सो यातायात सेवा पनि सञ्चालनमा ल्याइएको प्रा.लि.ले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि