• होमपेज
  • कर्पोरेट
  • ज्योति विकास बैंकको शाखा सिनामंगलमा

ज्योति विकास बैंकको शाखा सिनामंगलमा

  • सोमवार, भदौ २३, २०७६
ज्योति विकास बैंकको शाखा सिनामंगलमा

ज्योति विकास बैंकले सोमबारदेखि काठमाण्डौको सिनामंगलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।
बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको छ। बैंकको यस नयाँ शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राङ्गण भित्रै अवस्थित छ।

काठमाण्डौ महानगरपालिका वडा नं ९, सिनामंगलस्थित ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राज कुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो। कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेको थियो।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक श्री राज कुमार क्षेत्रीले बैंकको नयाँ शाखाले विमानस्थल प्राङ्गण भित्रै पनि बैंकिङ्ग सेवा पुगेको कारण आम जनतालाई अझ सहज भएको बताए । साथै, बैंकलाई हरेक ढंगले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरे ।
कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझ सुधार उन्मुख रहने प्रतिबद्धता व्यक्त्त गरे।

यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताउनुभयो। साथै उहांले ज्योति विकास बैंकले आगामी दिनहरुमा पनि जनमानसमा बैंकिङ्ग सेवा सहज र सरल बनाउन लागिरहने प्रतिबद्धता व्यक्त्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि