• होमपेज
  • वाणिज्य बैंक
  • नवलपरासीको सुस्तामा कामना सेवा विकास बैंकको शाखा सञ्चालन

नवलपरासीको सुस्तामा कामना सेवा विकास बैंकको शाखा सञ्चालन

  • साेमबार, भदौ २३, २०७६
नवलपरासीको सुस्तामा कामना सेवा विकास बैंकको शाखा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडानम्बर १ स्थित बरुवामा शाखा स्थापना गरी संचालनमा ल्याएको छ।

भदौ २२ गते एक समारोहका बीच बैंकले आफ्नो ९९ औं शाखा कार्यालय सो ठाउँमा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो ।
कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थरुनी, वडाध्यक्ष अशोककुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्साललगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा९९ वटा शाखा तथा ४५ वटा एटीएमको सञ्जाल रहेको छ

Facebook Comments

सम्बन्धित समाचार