• होमपेज
  • कर्पोरेट
  • मुक्तिनाथ विकास बैंकमा ई–सेवा मार्फत खाता खोल्न सकिने

मुक्तिनाथ विकास बैंकमा ई–सेवा मार्फत खाता खोल्न सकिने

बैंकको खाता E-Sewa मार्फत खोल्न मिल्ने

  • बिहिबार, भदौ १९, २०७६
मुक्तिनाथ विकास बैंकमा ई–सेवा मार्फत खाता खोल्न सकिने

मुक्तिनाथ विकास बैंक र E-Sewa बीच यस बैंकको खाता E-Sewa मार्फत खोल्न मिल्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार E-Sewa ले नियुक्त गरेका एजेन्ट/प्रतिनिधीहरु मार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिनेछ । यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि मोवाईल बैंकिङ्ग सेवा निशुल्क उपलब्ध हुनेछ ।

सम्झौता पश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनु पर्ने अवस्था अन्त्य भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग तथा E-Sewa को तर्फबाट E-Sewa का प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गर्नुभयो ।

मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।

विकास बैंक लि.ले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि