• होमपेज
  • बीमा
  • प्राइमलाइफ इन्स्योरेन्सलाई २ अर्ब चुक्ता पुँजी पुर्याउने बाटो खुल्यो

प्राइमलाइफ इन्स्योरेन्सलाई २ अर्ब चुक्ता पुँजी पुर्याउने बाटो खुल्यो

  • बुधबार, भदौ १८, २०७६
प्राइमलाइफ इन्स्योरेन्सलाई २ अर्ब चुक्ता पुँजी पुर्याउने बाटो खुल्यो

प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले बोनस वितरण गरी चुक्ता पुँजी २ अर्ब पुर्याउने भएको छ ।
बीमा समितिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीलाई बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन सहमति दिएको छ । साथै, समितिले कम्पनीलाई तत्काल विशेष साधारणसभा गरी बोनस सेयर वितरण गर्न बाटो पनि खुला गरिदिएको छ ।

बीमा समितिको सहमति सँगै सञ्चालक समितिको बैठकले विशेष साधारणसभा बोलाउने र बोनस सेयर वितरण गर्ने प्रस्ताव विशेष साधारणसभा लैजाने निर्णय गर्ने तयारी गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ छ । एनएफआरएस अनुसार आर्थिक वर्ष २०७४र७५ को बार्षिक प्रतिबेदन बीमा समितिबाट स्वीकृत हुन बाँकी नै भएकोले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अब विशेष साधारणसभा गरेर बोनस सेयर वितरण गर्ने भएको छ ।

पुँजीवृद्धिका लागि बीमा समितिले दवाव दिएपछि प्राइमले कम्पनीको फ्रि रिजर्भमा रहेको करिव २३ करोड रुपैयाँ बाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ बनाउने बाटो रोजेको हो ।

Facebook Comments

सम्बन्धित समाचार