• होमपेज
  • विकास बैंक
  • बागलुङ्गको गलकोटमा कामना सेवाकोे शाखा सञ्चालन

बागलुङ्गको गलकोटमा कामना सेवाकोे शाखा सञ्चालन

  • मङ्लबार, भदौ १७, २०७६
बागलुङ्गको गलकोटमा कामना सेवाकोे शाखा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप बागलुङ्गमा रहेको गलकोट , नगरपालिका वडा नं. ०३ स्थित गलकोटमा यही भदौ १५ गते आफ्नो ९८औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।

माननीय प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार शुभारम्भ गर्नुभएको थियो । कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे , बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९८ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार