विशेष गरि भन्नु पर्दा नारीहरुको महान पर्ब तीजको आज अन्तिम दिन । आज नेपाली नारीहरुको पर्वको अन्तिम दिनमा मलाई मेरा केही कुरा राख्न मन लागेको छ । ्
सयौ फुलका थुङ्गा हामी एउटै माला नेपाली भनेझै बहु जाति, धर्म संस्कार सँकृतिक एवं विविध कुराले धनी देश मानिन्छ । त्यसमा हामी सबै नेपलीले गर्व गर्नुपर्छ । एकले अर्काको भाषा, धर्म ,सँकृतिक प्रति सम्मान गर्नुपर्छ र गर्छौ पनि तर मेरा मनमा लागेको एउटा कुरा नेपालीहरुको चाडपर्वहरुमा विशेषत नेपाली नारीहरुको महान चाड तीजमा विगतका केही वर्षदेखि सस्कृती संरक्षण भन्दा पनि बिकृति र बिसङ्गती छायको देखेको छ ु ।
तीन मनाउने तिथि मिति समय सिमा शुभ पक्कै पनि सिमित छ । तर पछिल्ला समयमा तीज कहिले देखि शुरु भएको हो र कुन दिन पर्ब हो भन्ने नै ठम्याउन गाह्रो छ ।
महिनौ अघि देखि आफ्नो घरमा साथीहरु जम्मा गर्ने अवेर रातीसम्म गीत बजाई नाच्ने । पार्टी प्योलस अथवा अन्य स्थानमा भेला भई नाचगान, खानपिन लगायतका कार्यहरु गर्ने लगायका कार्यहरुले तीज पर्वको सास्कृतीक विशेषेता हराउदै गएको छ ।
म दूई महिना हाइद्रोशिल बिरामी अस्पताल बसे । अस्पतालबाट दिक्क लागेर घरमै आराम गर्दै औषधी खानु भन्दै डाक्टर शुझाब दिएपछि म त्यहि अनुशार औषधी खादै छु अहिले लगभग निको हुन लागेको छ ।
तर बिडम्बना फेरी अर्को रोगको शिकार हुन् वाध्य भएको छु । कारण जान्दा छक्क परे अहिले मलाई कब्जियत भएको छ । डाक्टरले कारण बताए । रातको अनिन्द्रा । यो मेरो आफ्नो जीवनमा नितान्त व्यक्तिगत भोगाई हो र, म आजकलको तीजले निम्त्याएको समस्यामा प्रतिनिधि पात्र मात्र बनेको छु । सायद यसको सिकारमा अन्य पुरुष मित्र लगायत महिला मित्रहरु पनि हुनुहोला ।
रातमा निन्द्र पनि कसरी लागोस छिमेकीको घरमा रातभरी छतमा राम्री छुरे, बिच्च बिच्चमा लगायतमा अन्य तीजका गीतमा चर्को स्वरमा हल्ला, फेरी भोलि त सुत्न पाईएलाकी भन्दै आशा । अर्को दिन फेरी तल्लो छिमेकीको छातमा उही रात भरि पोइला जान पाम शिब पुइला जान पाम भन्दै हल्ला गरि वरिपरि प्राय सबै घरको छत विभिन्न किसिमको गित बज्न थाले त्यसो त आफु बिरामी छट्पटिदै औषधीले लट्टेर सुत्न पर्ने बिरामी झन वरपरको तिज को माहोलले दुई चार रात सुत्न नसक्दा कव्जियत भएको छ ।
म जस्तो अन्य विभिन्न कति जना आ–आफ्नै घरमा बसेरै पनि तीजको शिकार भए होलान भनी सोचन वाध्य भएको छु ।
प्रायः सबै घरमा बृद बृद्ध बा आमा त पक्कै पनि छन् होला । अनि उहाहरुको स्वस्थायमा यस्तो माहोलले कस्तो असर पार्ला । कतै नया रोग ननिम्त्यौला भन्न सकिन्न । कृपया यो विषय मा तिज मनाउने नेपाली नारीहरुले एक पटक सोच विचार गरिदिए आभारी हुने थियो ।
यसमा नेपाल सरकारको को पनि कमि कमजोरी देखिन्छ किन कि तिहारमा देउसी भैलो खेल्न समय सिमा तोकिन्छ । यो तिज मनाउने रातभरी अरुको निद्र हराम गर्ने छुट किन दिईयो सरकार ? यस तिज पर्व मनाउने समय सिमा तोक्नु पर्छ कि पर्दैन ?
अरु पोइल जान पाम पाम शिव भने पनि हामीलाई भने शान्ति संग सुत्न पाम शिव साथै नेपाली नारीहरु सबैलाई तीज को शुभ कामना !