• होमपेज
  • समाचार
  • १ हजार भन्दा माथिको कारोबारलाई प्यान अनिवार्य

१ हजार भन्दा माथिको कारोबारलाई प्यान अनिवार्य

प्यान नागरिकता जस्तै होः अर्थमन्त्री

  • शनिबार, भदौ १४, २०७६
१ हजार भन्दा माथिको कारोबारलाई प्यान अनिवार्य

अर्थमन्त्री खतिवडाले व्यवसाय गर्नेलाई सरकारले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको बताए । उनले कुनै पनि मुलुकका नागरिकलाई नागरिकता जति अनिवार्य छ व्यवसाय गर्नेका लागि पनि प्यान उत्तिकै अनिवार्य भएको बताए ।

उनले भने, ‘प्यान नागरिकता जस्तै हो, अनौपचारिक व्यवसायलाई औपचारिक व्यवसायमा ल्याउन प्यान अनिवार्य गरिएको हो ।’ सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत आय आर्जनमा संलग्नलाई प्यान अनिवार्य गरेको हो ।

सरकारले एक हजारभन्दा माथिको भुक्तानीका लागि प्यान नम्बर अनिवार्य गराएको छ । साउनमा महिनामा मात्रै झण्डै तीन लाखले प्यान नम्बर लिईसकेका छन् । आजको सोर्य दैनिकमा समाचार छ ।

Facebook Comments

सम्बन्धित समाचार