• होमपेज
  • अटो
  • महाकुम्भ मेलामा सुजुकीको लोकप्रियता बढ्दो

महाकुम्भ मेलामा सुजुकीको लोकप्रियता बढ्दो

तीनैवटा मोडल स्मार्ट हाइब्रीड टेक्नोलोजीमा आधारित

  • बुधबार, भदौ ११, २०७६
महाकुम्भ मेलामा सुजुकीको लोकप्रियता बढ्दो

पछिल्लो समय दुई पाग्रे (मोटरसाईक तथा स्कुटर)को नयाँ नयाँ मोडल सार्वजनिक गरी लोकप्रियता कमाउन थालेको सुजुकी कम्पनी नेपालको चार पांग्रे सवारीको बजारमा सबैभन्दा बढी हिस्सा ओगटे बताइन्छ । सुजुकी कम्पनीका कारहरु प्रत्येक वर्ष ग्राहकको पहिलो रोजाई बन्ने गरेका छन् । यसपटकको गाडीको कुम्भ मेलाको पहिलो दिनको दृश्यले प्रष्ट पारेको छ ।

नेपालका लागि मारुती सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटो कर्पले यसपटकको नाडा अटो शोमा पनि ३ नयाँ मोडलका कारहरु सार्वजनिक गरेको थियो ।

सिजीले सार्वजनिक तीनैवटा मोडल स्मार्ट हाइब्रीड टेक्नोलोजीमा आधारित रहेका कारण समेत ग्राहकहरुको आकर्षणको केन्द्र बनेका छन् । कम्पनीले सियाज, अर्टिगा र एक्स क्रस गरी तीनवटा भेरिएन्टमा आकर्षक मोडलका गाडी उतारेको छ ।
यी भेरिएन्ट वातावरण मैत्री हुनुका साथै यसले इन्धन खपत घटाएर गाडीको कार्यक्षमता बढाउने र इञ्जिनमा कम दवाब र्सिजना हुने भएकाले इञ्जिनको आयु लम्बाउन सहयोग गर्ने सिजी मोटोकर्पले जनाएको छ ।

‘ग्राहकहरुले यि गाडीहरु खरिद गर्दा हुने मुख्य फाइदा भनेको गाडी चलाउँदा आरामदायी, सहज र यिनीहरुले दिने माइलेज नै हुन ।’ सिजी मोटो कर्पका मार्के्टिङ हेड करुण शाक्यले भने–‘सियाज मोडलको कार एक्जिक्युटिभ स्ट्यान्र्टडको रहेको छ । यसमा आरामदायी सिटका साथै प्रिमियम फिचर्सहरु उपलब्ध छन् ।’

यसको प्रारम्भिक मूल्य ३८ लाख २९ हजार रहेको छ । त्यस्तै सिटी राइड र अफ राइड दुुबै यात्रालाई मध्यनजर गर्दै सुजुकीले अर्को मोडलको रुपमा एक्स क्रस समेत नेपाली बजारमा भित्र्याएको छ । यसको मूल्य कम्पनीले ४२ लाख ९९ हजार तोकेको छ ।

त्यसैगरी अलि ठूलो परिवारलाई लक्षित गरी कम्पनीले अर्टिगा मोडलको सात सिटे कार सार्वजनिक गरेको छ । जसको मूल्य कम्पनीले ३८ लाख ९९ हजार निर्धारण गरेको छ ।

कम्पनीले यी कारहरु सबै वर्गका ग्राहकहरुलाइ लक्षित गरी बजारमा ल्याएको शाक्यले प्रष्ट्याए ।

साथै उनले कम्पनीले फेस्टीभ अफर अन्तर्गत थुप्रै योजनाहरु ल्याएको बताए । जसअन्र्तगत २ लाखको नगद छुट, थप १ लाख स्क्र्याच कार्डमार्फत छुट, नाडा अटोशोका लागि ५० हजारसम्मको विशेष छुट र एक्सचेञ्ज बोनसको रुपमा १ लाखसम्मको छुटको अफर समेत ल्याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि