• होमपेज
  • कर्पोरेट
  • कुमारी बैंकद्वारा खेलाडी सम्मान

कुमारी बैंकद्वारा खेलाडी सम्मान

  • सोमवार, भदौ ९, २०७६
कुमारी बैंकद्वारा खेलाडी सम्मान

अन्तर्राष्ट्रिय खेल जगतमा स्वर्ण पदक जितेर कीर्तीमानी प्राप्ती गर्न सफल खेलाडी सबिना श्रेष्ठलाई कुमारी बैंक लिमिटेडले सम्मान गरेको छ । थाईल्याण्डमा सम्पन्न ओपन कराते प्रतियोगिता २०१९ मा जुनियर ४८(केजी वेट क्याटगोरीमा अन्तर्राष्ट्रिय खेल जगतमा स्वर्ण पदक जितेर कीर्तीमानी प्राप्ती गर्न सफल श्रेष्ठलाई बैंकले पचास हजार पुरस्कार स्वरूप प्रदान गरी सम्मान गरेको हो ।

खेलकुद मार्फत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कीर्तीमान कायम गर्न सफल उक्त खेलाडीलाई प्रोत्साहनको रूपमा सो पुरस्कार दिएको बैंकको मान्यता छ। नेपाली युवाहरुको खेल जगतमा निरन्तर, उत्साहजनक सहभागिता निश्चित गराउन सो कदमले ठूलो भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

आफ्ना देशव्यापी १०३ शाखा सञ्जाल, ९२ एटिएम, ३ शाखारहित इकाई तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका विविध क्षेत्रमा अझ प्रभावकारी एवं कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि