• होमपेज
  • बीमा
  • जीवन बीमामा नेपाल लाईफ, निर्जीवनमा शिखर इन्स्योरेन्सको चमत्कार

जीवन बीमामा नेपाल लाईफ, निर्जीवनमा शिखर इन्स्योरेन्सको चमत्कार

  • आइतवार, साउन ५, २०७६
जीवन बीमामा नेपाल लाईफ, निर्जीवनमा शिखर इन्स्योरेन्सको चमत्कार

भूपेन्द्र आचार्य । नेपालमा पछिल्लो समय जीवन बीमा २० प्रतिशतको हाराहारीमा पुगेको देखिन्छ । निर्जीवन बीमामा भने ठूलो हिस्सा देखिन्छ । भूकम्प पछि निजीवन बीमा ह्वातै बढेको देखिन्छ । बीमा लेख बढेको छ । तर बीमा शिक्षा भने बढेको देखिदैन । सरकारले शुरु गरेको स्वास्थ्य बीमाले हावा नै आएको छ । दोश्रो किस्ता उठेको छैन् । उठ्ने छाँटकाट पनि छैन । बीमा बीमा कम्पनीले गर्नु पर्ने तर्क गर्दछन् । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ मनोज कुुमार लाल कर्ण । उनी भन्दछन् बीमा बजारमा प्रतिस्पर्धा नै छैन । तर कर्मचारी र अभिकर्ता खोसाखोस चाहि बढेको छ । पछिल्लो समय जीवन बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स एक नम्बर बन्दै जाँदा नयाँ बीमा कम्पनी यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले उसलाई पच्याउँदै चमत्कारी रुपमा बीमा लेख गर्दै आएको खुलेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले २२ अर्ब ८६ करोड बीमा शुल्क आर्जन गर्दा यूनियन लाईफ इन्स्योरेन्सले २ अर्ब ४६ करोड प्रथम बीमा शुल्क आर्जन गरेको भेटिएको छ ।
विगतमा झै सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले ९ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । नेपाल लाइफको २२ अर्ब ८६ करोड रुपैयाँको बीमा शुल्क नविकरण हुदा कुल बीमा शुल्क आर्जन ३१ अर्ब ८७ करोड रुपैयाँ भएको छ ।
दोस्रो एलआईसीले गतवर्ष ४ अर्ब ४९ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । नविकरण भएको बीमा शुल्क ९ अर्ब १५ करोड हुँदा एलआइसीले १३ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको भेटिएको छ ।
प्रथम बीमा शुल्क आर्जनमा सबैभन्दा ठूलो धक्का पुराना कम्पनीलाई नयाँ आएको युनियन लाइफ इन्स्योरेन्सले दिएको छ । युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा २ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ । युनियन लाइफको २५ करोड २८ लाख रुपैयाँको बीमा शुल्क नविकरण भएको छ । प्रथम बीमा शुल्क आर्जनमा युनियन लाइफ चौथो स्थानमा ओगट्न सफल हुँदै र सबैलाई चकित पारिदिएको छ ।
नेशनल लाइफ इन्स्योरेन्स प्रथम बीमा शुल्क आर्जनमा तेस्रो स्थानमा छ । नेशनल लाइफले २ अर्ब ६० करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको देखिन्छ ।
नयाँ आएका जीवन बीमा कम्पनीमा १ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा युनियनपछि रिलायबल लाइफ इन्स्योरेन्स रहेको छ । रिलायबलले १ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको देखिन्छ ।
पुराना कम्पनीमा १ अर्बभन्दा कमको प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
विदेशी जीवन बीमा कम्पनीको शाखाकोरुपमा रहेको मेट लाइफले १ अर्ब १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क वापत आर्जन गरेको छ ।
माघदेखि व्यवसाय सुरु गरेको सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको सीइओ रमेश कुमार भट्टराईले बताए ।
यता निर्जीवन बीमा कम्पनीले १५ प्रतिशतले बीमा शुल्क आर्जन बढाएका छन् ।
बीमा कम्पनीहरुले बीमा समितिमा बुझाएको विवरण अनुसार आर्थिक वर्ष २०७५÷७६ मा २५ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन निर्जीवन बीमा कम्पनीले गरेका देखिन्छ ।
निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ हुुनुपर्ने व्यवस्था छ । जसमा केही कम्पनीको चुक्ता पूँजी पुगेको छैन । पूँजी अनुसारको व्यवसाय बढाउन निर्जीवन बीमा कम्पनीलाई कठिनाई भएको देखिन्छ ।
बीमा शुल्क आर्जनमा विगतमा जस्तै पहिलो स्थान भने शिखर इन्स्योरेन्स रहेको देखिन्छ । शिखर इन्स्योरेन्सले २०७५÷७६ मा ३ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सको बजार हिस्सा १४ प्रतिशत रहेको छ ।
२०७४÷७५ मा शिखर इन्स्योरेन्सले ३ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यो कम्पनीमा दक्ष र कुशल सीइओ दिप प्रकाश पाण्डे छन् ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । सगरमाथाले २ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सगरमाथाले पहिलो पटक बीमा शुल्क आर्जन २ अर्ब रुपैयाँ कटाएको हो । २०७४र७५ मा सगरमाथाले १ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको यस कम्पनीको सीइओ अनुभवी कुशल सीइओ चक्की श्रेष्ठ छन् ।
तेस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ । अघिल्लो वर्ष चौथो स्थानमा रहेको नेको यो वर्ष तेस्रो स्थानमा आएको हो । नेको इन्स्योरेन्सले १ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
१ अर्बभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा तीनवटा नयाँ कम्पनी अजोड,सानिमा र जनरल इन्स्योरेन्स छन् । जसमा अजोड इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । अजोडले ४१ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । पुराना कम्पनीमा भारतीय लगानीको शाखाको रुपमा खुलेको नेशनल र ओरियन्टलको बीमा शुल्क आर्जन १ अर्ब रुपैयाँभन्दा कम छ । यस्तै एभरेष्ट र युनाइटेडको पनि बीमा शुल्क आर्जन १ अर्बभन्दा कम छ ।
अघिल्लो वर्ष १ अर्बभन्दा कम बीमा शुल्क आर्जन गरेका राष्ट्रिय बीमा कम्पनी,प्रभु र नेपाल इन्स्योरेन्सले यो वर्ष बीमा शुल्क आर्जन १ अर्बभन्दा बढी गरेका छन् ।
गतवर्षको बीमा शुल्क आर्जनमा नेकोभन्दा सिदार्थ पछाडि परेको छ । सिदार्थले १ अर्ब ८६ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।
एनएलजीले १ अर्ब ६६ करोड रुपैयाँ,प्रिमियरले १ अर्ब ६४ करोड रुपैयाँ,हिमालयन जनरलले १ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका देखिन्छ ।
राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ,आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड ६८ लाख रुपैयाँ तथा लुम्बिनीले १ अर्ब २६ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
पछिल्लो सम्म निर्जीवन बीमा कम्पनीको चर्को प्रतिस्पर्धाले बीमा लेख, बीमा बजार बढेको देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि