राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न दिइएको निर्देशन दिए लगत्तै दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने औपचारिक सहमति नै गरेका छन् । शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सहमति गरेका हुन् ।
बैंकको सीइओमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्। बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन्। सम्पति तथा दायित्व मूल्यांकनपछि शेयर आदान प्रदान अनुपात कायम गरिने भएपनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको छ। नाम भने ग्लोबल आइएमई नै राख्ने सहमति भएको छ ।
विहीबार नै मेगा र जनता बैैंकलाई एकै पटक सहमतिमा ल्याउने प्रयास भएका थिए तर मेगामा स्वप रेसियोको कुरा र अन्य केहि विषयले मूर्त रुप नलिएपछि मर्जको भाडिएको थियो ।
विहीबार नै मेगा र जनता बैैंकलाई एकै पटक सहमतिमा ल्याउने प्रयास भएका थिए तर मेगामा स्वप रेसियोको कुरा र अन्य केहि विषयले मूर्त रुप नलिएपछि मर्जको भाडिएको थियो ।