• होमपेज
  • समाचार
  • बिग मर्जरको हल्ला मच्चाउँदै शेयरमा चर्को चलखेल

बिग मर्जरको हल्ला मच्चाउँदै शेयरमा चर्को चलखेल

  • बिहिबार, असार १९, २०७६
बिग मर्जरको हल्ला मच्चाउँदै शेयरमा चर्को चलखेल

जसरी लामो समय एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जरको हल्ला मच्चाएर एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले अर्बै रकम कमाए यसैलाई सिको गर्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबल बैंक र मेगा बैंक मर्जरको सहमती हुँदैछ भनी करोडौंको शेयर चलखेल गरेका छन् । तर निरिह राष्ट्र बैंक बोल्दैन ।

गत आईतबार र सोमबार मात्रै ग्लोबल र मेगा बैंकको शेयरमा चर्को चलखेल भएको छ । मेगा बैंकको अध्यक्ष एवं एमाले कार्यकर्ता भोज बहादुर शाह र ग्लोबल आईएमई बैंकका अध्यक्ष एवं माओवादी कार्यकर्ता चन्द्र ढकालको प्रक्रिया हेर्दा मर्जर नै भए जस्तो गरि सञ्चार माध्यममा आए । यो कति उचित हो गर्भनर साब ः शेयर चलखेल गर्न जे पनि बोल्न हुन्छ । यी महारथीहरुलाई कारवाही कसले गर्ने ?

पछिल्लो अवस्थामा बिग मर्जरको हल्ला चलाएर शेयर बजारमा चलखेल गर्ने समूह सक्रिय हुन थालेको देखिन्छ । केही दिनयता विभिन्न बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज हुने भन्ने हल्ला फैलाएर शेयर बजारमा चलखेल गरिरहेको एक बैंकका सञ्चालकले बताए । पछिल्ला दिनमा ग्लोबल आइएमई बैंकले विभिन्न बैंकसँग भएको सामान्य कुराकानीलाई पनि सहमतिको तहमा पुगेको भनि हल्ला फैलाएर बैंकको दोस्रो शेयर बजारमा चलखेल देखिन्छ ।

गत आइतबार र सोमबार मात्र ग्लोबल आइएमईको संस्थागत शेयर एक सय ७३ मूल्यको आसपासमा करिब १० करोडको खरिद बिक्री भएको छ । त्यस्तै बैंकको साधारण शेयर पनि ३०० माथि पुर्याउन धेरै कोशिस भएको देखिन्छ । यो चलखेल बैंकद्वारा गरिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरनजीवी नेपालले ग्लोबल आइएमई बैंकलाई भने प्रमुख कार्यकारी नियुक्तिमा दबाब दिइरहेका बुझिएको छ । तर अध्यक्ष चन्द्र ढकालले गर्भनरको निर्देशनलाई रद्दीको टोकरीमा फाल्ने काम भएको ति सञ्चालकले बताए । ती सञ्चालकका अनुसार ग्लोबल आइएमई बैंकमा अध्यक्ष नै सर्वेसर्वा भएकाले कोसँग मर्ज गर्ने वा के गर्ने भन्ने विषय टुङग्याएर मात्र बोर्डमा छलफल हुने गरेको दाबी गरे ।

मेगा बैंकका अध्यक्ष शाहकै कारण मेगा बैंक नेपालको गत आइतबार र सोमबार राम्रै कारोबार भएको छ । बैंकको २ सय रुपैयाँ पुग्न हम्मे–हम्मे भएको शेयर २ सयभन्दा माथि पनि ठूलै भोलुममा कारोबार भइरहेको छ । यो अर्को चलखेल नभएको हो गर्भनर साब ?

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि