• होमपेज
  • बजार
  • हालसम्मकै उच्च सुनको मुल्य

हालसम्मकै उच्च सुनको मुल्य

  • मङ्लबार, असार १०, २०७६
हालसम्मकै उच्च सुनको मुल्य

सुनको भाउ अहिलेसम्मकै महंगो बनेको छ । मंगलबार सुनको भाउ तोलामा ५०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो ।
.

चाँदीको भाउ भने तोलाको ७ सय ४० रुपैयाँ नै कायम रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार