• होमपेज
  • बीमा
  • एलआईसी नेपालको नायब प्रमुख कार्यकारी अधिकृतमा बर्णवाल नियुक्त

एलआईसी नेपालको नायब प्रमुख कार्यकारी अधिकृतमा बर्णवाल नियुक्त

  • मङ्लबार, जेष्ठ २१, २०७६
एलआईसी नेपालको  नायब प्रमुख कार्यकारी अधिकृतमा बर्णवाल नियुक्त

लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले सोमबारबाट लागू हुने गरी कम्पनीको नया“ नायब प्रमुख कार्यकारी अधिकृतमा  टी. बर्णवाललाई नियुक्त गरेको छ ।

अभिजित घोष दस्तिदारले आफ्नो कार्यकाल पुरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो ।

बि.कम.(अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गर्नु भएका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजरको पदमा कार्यरत थिए ।

उनले एलआईसी अफ इण्डियामा सन् १९९८ मा अधिकृतस्तरबाट आफ्नो सेवा प्रारम्भ गरी वित्त तथा लेखा, प्रशासन र मार्केटि¨ विभागहरुमा २१ वर्षको कार्यानुभव संगालिसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार