• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एसिया बैंककोे शाखारहित बैंकिङ महोत्तरीको सोनमा गाउँमा

एनआईसी एसिया बैंककोे शाखारहित बैंकिङ महोत्तरीको सोनमा गाउँमा

  • आइतवार, जेष्ठ १२, २०७६
एनआईसी एसिया बैंककोे शाखारहित बैंकिङ महोत्तरीको सोनमा गाउँमा

एनआईसी एसिया बैंकले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३, रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ ।
उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उपप्रादेशिक कार्यालयका प्रमुख विवेकबन्धु न्यौपानेले गरेका छन् । सो शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेश कुमार यादवलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

हालसम्म एनआईसी एसिया बैंकको २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउन्टर एवम् २८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक रहेको बैंकको वासलातको आकार २११ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।  साथै बैंकको कुल निक्षेप करिब १६९ अर्ब र कुल कर्जा करिब  १४४ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार