• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशियाको शाखा पिडारी चोकमा

एन आई सी एशियाको शाखा पिडारी चोकमा

  • साेमबार, जेष्ठ ६, २०७६
एन आई सी एशियाको शाखा पिडारी चोकमा

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री माननीय लालबाबु राउतबाट आइतबार भव्य समारोहका बीच उद्घाटन भएको हो ।

बैंकको मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार