• होमपेज
  • समाचार
  • मिश्र फेरि फाइनान्स कम्पनीमा फर्किए

मिश्र फेरि फाइनान्स कम्पनीमा फर्किए

  • बिहिबार, बैशाख १२, २०७६
मिश्र फेरि फाइनान्स कम्पनीमा फर्किए

खराब कर्जा भएको सिद्धार्थ विकास बैंकलाई सफल अवतरण गरेर जनता बैंकसंग मर्जर गराएका तत्कालीन सिद्धार्थ बैंकका सिइओ अजय मिश्र युनाइटेड फाइनान्स लिमिटेडको सीइओ बनेका छन् । पटक÷पटक विवादमा फसेको यस फाइनान्स कम्पनीलाई उनीले कसरी अगाडी लैजाने हुन् त्यो हेर्न बाँकी छ ।

तत्कालीन जनता बैंकको डेपुटी प्रमुख कार्यकारी रहेका मिश्रले स्वेच्छिक अवकाश लिएर बाहिरिएपछि युनाइटेडको ’फर्स्टम्यान’ को जिम्मेवारी पाएका हुन् ।

यसअघि युनाइटेडमा सुनन्दबहादुर श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत थिए । मिश्र आउने भएपछि उनले राजिनामा गरेका हुन् । सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी रहेका मिश्र जनता बैंकसँग मर्जरसँगै डेपुटी प्रमुख कार्यकारीमा भएर काम गरेका थिए ।

उनले प्रुडेन्सियल फाइनान्समा पनि प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यो फाइनान्स एनएमबी बैंकसँग मर्ज भएपछि उनी बाहिरिएका थिए । फरि उनी फाइनान्स कम्पनीमै फर्किएका छन् । उनको बैकिङ्ग अनुभवले युनाइटेड फाइनान्स कस्तो प्रगति गर्ने हो त्यो हेर्न अझै केही समय कुर्नै पर्दछ कि ?

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि