• होमपेज
  • फिचर
  • मिसन र तिनाउ बीच मर्जर

मिसन र तिनाउ बीच मर्जर

  • बिहिबार, चैत्र ७, २०७५
मिसन र तिनाउ बीच मर्जर

पछिल्लो समय जिल्ला स्तरीय विकास बैंकबीच मर्जर हुने लहरनै चलेको छ । हालै मिसन विकास बैंक र तिनाउ विकास बैंकबीच मर्जर हुने सहमतीमा हस्ताक्षर भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई संघिय प्रणालीमा लैजाने भन्दै क्षेत्रिय स्तरका विकास बैंक तथा वित्त कम्पनीलाई प्रदेश स्तर अथवा राष्ट्रिय स्तरको कार्यक्षेत्र रोज्नको लागि निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार क्षेत्रिय स्तरका विकास बैंकहरुले २०७७ असार मसान्त भित्रमा प्रदेश स्तरको हुनको लागि १ अर्ब २० करोड र राष्ट्रिय स्तरको बन्नको लागि राष्ट्र बैंकको पूँजी वृद्धि योजना अनुरुप २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ । राष्ट्र बैंकको बैंकहरुलाई संघिय संरचनामा लैजाने नीतिसँगै क्षेत्रिय स्तरको विकास बैंकमा मर्जरको लहर सुरु भएको छ ।

त्यसै अनुरुप दुई वटा विकास बैंक मिलेर प्रदेश स्तरको विकास बैंक बन्ने उदेश्य अनुरुप बुटवलमा केन्द्रिय कार्यालय रहेका तिन जिल्ला कार्यक्षेत्र भएका २ विकास बैंकहरु तिनाउ विकास बैंक र मिसन डेभलपमन बैंक विच मर्जरमा जाने सम्झौता भएको छ । मर्जर पछाडी बैंकको नाम तिनाउ मिसन डेभलपमेन्ट बैंंक रहने उल्लेख छ ।

बैंकहरुको शेयर स्वाप रेपियो १ः१ रहने र मर्जर पश्चात राष्ट्रिय स्तरको बैंक बन्ने लक्ष लिएका सम्झौता पश्चात जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसको लागि थप मर्जर तथा हकप्रद जारी गर्ने सहमति भएको विज्ञप्तिमा जनाइएको छ ।

मर्जर पछि बैंकको संचालक समिति अध्यक्षमा मिसन डेभलपमेण्ट बैंकका अध्यक्ष टिकाराम घिमिरे रहने छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिनाउ विकास बैंकबाट प्रदिप कुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा मिसन डेभलपमेण्ट बैैंकबाट हरि प्रसाद घिमिरे रहने विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि