• होमपेज
  • अर्थ/वाणिज्य
  • कामना सेवाकोे ६८ औं शाखा जनकपुरमा

कामना सेवाकोे ६८ औं शाखा जनकपुरमा

  • मङ्लबार, फाल्गुन १४, २०७५
कामना सेवाकोे ६८ औं शाखा जनकपुरमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा धनुषा जिल्लाको जनकपुर उप महानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा आफ्नो ६८औं शाखा कार्यालय सञ्चालन गरेको छ ।

उपमहानगरपालिका मेयर लालबहादुर साह तथा बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा एटिएम र शाखाको कारोबार शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी दिँदै प्रदेश नं २ मा यो सँगै ४ वटा शाखा पुगिसकेको र व्यापार बिस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।

बैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालनमा खोल्नुले पनि बैंक आक्रमक रूपमा शाखा विस्तार गरि रहेको देख्न सकिन्छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा६८ वटा शाखा तथा २० वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ, सि–आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार