• होमपेज
  • Hot news
  • माछापुच्छ्रे बैंकको चिरायू नेशनल अस्पतालसँग सम्झौता

माछापुच्छ्रे बैंकको चिरायू नेशनल अस्पतालसँग सम्झौता

  • बुधबार, फाल्गुन ८, २०७५
माछापुच्छ्रे बैंकको चिरायू नेशनल अस्पतालसँग सम्झौता

माछापुच्छ्रे बैंक र चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे  बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा चिरायूु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेशनल अस्पतालका सेवाहरुमा १५% सम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । चिरायू अस्पतालले आफ्नो स्थापना कालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ११५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार