• होमपेज
  • अर्थ/वाणिज्य
  • सिभिल बैंकद्वारा बाल विकास समाजलाई एक लाख सहयाेग

सिभिल बैंकद्वारा बाल विकास समाजलाई एक लाख सहयाेग

  • मङ्लबार, फाल्गुन ७, २०७५
सिभिल बैंकद्वारा बाल विकास समाजलाई एक लाख सहयाेग

सिभिल बैंक लिमिटेडले मंगलबार एक कार्यक्रमबीच बाल विकास समाजलाई एक लाखको चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका थिए ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।

सिभिल बैंकले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ ।

यस बाल विकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेका छ ।

Facebook Comments

सम्बन्धित समाचार