• होमपेज
  • अर्थ/वाणिज्य
  • सिभिल बैंकको नयाँ बचत योजना “सम्मान बचत खाता”

सिभिल बैंकको नयाँ बचत योजना “सम्मान बचत खाता”

  • आइतवार, माघ २०, २०७५
सिभिल बैंकको नयाँ बचत योजना “सम्मान बचत खाता”

सिभिल बैंक लिमिटेडले नयाँ बचत खाता योजना “सम्मान बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा रु ७ लाखसम्मको दूर्घटना मृत्यू/अपांग बीमा तथा अस्पताल भर्ना भई लागेको रु १ लाख सम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने भएको छ । यस योजनामा ग्राहक महानुभावहरुले बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ ।

न्यूनतम मौज्दात शुन्य रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निशुल्क ब्द्यद्यक् सुविधा रहेकोे कुरा बैंकले जनाएको छ ।

हालसालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ–संस्थाले आफ्नो श्रमिक÷कर्मचारीहरुलाई रु ७ लाखसम्मको दूर्घटना मृत्यू÷अपांग बीमा तथा औषधोपचार खर्चको लागी रु १ लाख सम्मको बीमा गराउनुपर्ने नियम रहेकोमा बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकोले यस योजनाबाट संघ–संस्था लगायत ग्राहकवर्गहरु लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा