• होमपेज
  • देश
  • नेपाली संघिय समाज दक्षिण कोरियाको तेस्रो महाधिवेशन हुँदै

नेपाली संघिय समाज दक्षिण कोरियाको तेस्रो महाधिवेशन हुँदै

  • सोमवार, माघ १४, २०७५
नेपाली संघिय समाज दक्षिण कोरियाको तेस्रो महाधिवेशन हुँदै

संघिय समाजवादी फोरम, नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाले आगामी फेब्रवरी ६ तारिक तेस्रो महाधिवेशन आयोजना गर्ने भएको छ ।

पहिचान, समावेशी र समृद्ध राष्ट्र निर्माण संकल्प, नेपाली संघिय समाजवाद अबको निर्विकल्प भन्ने नारा साथ तेस्रो महाधिवेशन आयोजना गर्न लागेको ( नेफेसो) दक्षिण कोरियाको संचार बिभाग प्रमूख शेर साङबो शेर्पाले बताए ।

नेफेसो दक्षिण कोरियाको तेस्रो महाधिवेशन सफल बनाउन नेपालबाट प्रमुख अथिति र विशिष्ठ अथितिको रुपमा केन्द्रिय उप महा–सचिब प्रकाश अधिकारी र माननीय प्रतिनिधि सांसद प्रदिप यादव दक्षिण कोरिया आउने संचार बिभाग प्रमूख शेर्पाले जानकारी दिए ।
संचार विभाग प्रमुख शेर्पाका अनुसार अहिलेसम्म नेफेसो दक्षिण कोरियाको सबै प्रार्न्त र क्षेत्रमामा रहेका जातिय,क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न भई सकेको छ। तेस्रो महाधिवेशन राजधानी स्थित सौलसी छुङ्गन्गु थेहाक्रु ३ खिलमा फरवरी ५ तारिकमा हुने जनाएको छ ।

तेस्रो माहधिवेशन सफल बनाउन कोरियामा क्रियाशील विभिन्न राजनैतिक दलका भाद्री संगठन, जातिय, क्षेत्रीय, संघ, संस्था, नेपाली दाजु भाई दिदीबहिनीहरुमा नेफेसो कोरियाको अध्यक्ष महिन्द्र राईले आह्वान गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार