नेपाली कांग्रेसले संसद अवरोध गरेपनि, नगरेपनि र कांग्रेसले भनेपनि नभनेपनि गिरिजा र सुशिल कोइरालाका नामका अस्पतालहरु चल्ने सरकारको जिकिर छ । यहि विषयले अहिले दुवै संसद अबरुद्ध रहेकाछन् । उता,कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप्ने वा नथप्नेबारे पार्टी भित्र बहस सुरु भएको छ ।
त्यसैगरि,मधेशबाट जसरी आफ्नो जनाधार गुमाउँदै गयो, अहिले मधेशप्रति कांग्रेसको रणनीति के छ त ? मुलुक भर पार्टीको रणनीति के हुने लगायत विभिन्न समसामयिक विषयलाई लिएर कांग्रेस केन्द्रिय कार्य समिति बैठक चलिरहेको छ । यस्तै विषयमा रहेर नेपाली कांग्रेस नेता एबं प्रतिनिधिसभा सदस्य डा।मिनेन्द्र रिजालसँग गरिएको कुराकानी
० डा गोबिन्द केसीको अनसनले संसदमा खैलाबैला मच्चिएको छ । आखिर वास्तविक के हो ?
‘गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्ने सत्ता पक्ष नेकपाका योगेश भट्टराई हुन् । उनको बोली रुखो हुन थालेको छ । त्यस्तै उनकै पार्टी मन्त्री रवीन्द्र अधिकारी र उहाँ हो नि पहिलो हस्ताक्षरकर्ता । त्यसपछि हाम्रो पार्टीका साथीहरु होलान । साथीहरु तेस्रो, चौथौमा पुग्नुभएको हो । डा गोबिन्द केसीको अनसनलाई हल्का लिनु हुदैन सत्ता पक्षले ।
० वास्तवमा सत्ता पक्ष र कांग्रेस विचको जुहारीको चुरो कुरा के हो ?
सत्ता पक्ष यसरीनै अघि बढ्ने हो भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जान्छ । हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको छ । त्यसका लागि विपक्षीले सरकारलाई खबरदारी गरेको हो । सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउन थालिएको छ । लोकतन्त्रमा सत्ता पक्षले तर्साउन मिल्दैन ।
सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्छ । नियम छ, कानुन छ, संविधान छ । नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न हामी आएका हौं ।‘सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।’
संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न आग्रह छ । संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जान कांग्रेस वाध्य नहोस् ।
० नेपाली कांग्रेसको भर्खरै सम्पन्न महासमिति बैठकले आखिरके सन्देश दियोे ?
पार्टीलाई जुझारु गराएको छ । पार्टी पदाधिकारी लगायतका समस्यालाई समाधान गरेको छ । पार्टीका नीति र निर्देशन लिएर नेताहरु गाउँ गाउँमा जानुभएको छ । पहिलो कुरा त महासमिति बैठक वार्षिक रूपमा हुनुपर्ने हो तर त्यो हुन सकेको थिएन । किनकि संविधान बनेपछि त्यसको कार्यान्वयनका लागि तीन तहको निर्वाचन भयो, त्यस अवधिमा सरकारको जिम्मेवारी पनि कांग्रेसले लियो र निर्वाचनहरू सम्पन्न भयो ।
निर्वाचनपछि हामी अनपेक्षितरूपमा नराम्रैसँग हा¥यौं । त्यसको समीक्षा पनि ग¥यौं । यी सब गर्दागर्दै समय लाग्यो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी राजनीतिक आधार हामी सिर्जना ग¥यौं । पार्टीको विधान त्यसैअनुरूप संशोधन गर्नुपर्ने थियो । अहिले तीनै तहमा कम्युनिष्ट नै हावी भएका छन् । कम्युनिष्टहरूले संविधानको मूल मान्यता लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म र इमान राखेका छैनन् ।
० तर, कांग्रेसबाट आम नागरिक सन्तुष्ट हुन सकेनन् नी ? प्रशिक्षणका कार्यक्रमहरू तयारी कस्तो छ ?
माघ १० गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक चलेको छ । त्यो बैठकले महासमितिमा आएका सुझावको आधारमा विधान परिमार्जन गर्नेछ । राजनीतिक, आर्थिक प्रस्ताव, महामन्त्रीको प्रतिवेदनको टुंगो लगाउनुपर्ने छ । तत्कालै देशभरि कार्यकारिणी तहमा निर्वाचनको प्रक्रिया अगाडि बढ्छ । वडादेखि लिएर प्रदेशसभासम्म पार्टीको कार्यकारिणीको गठन हुन्छ । नयाँ जागरण पैदा हुन्छ । अलमलमा पर्नुपर्ने कुनै विषय छैन् ।
त्यस्तै प्रशिक्षणका कार्यक्रमहरू तयार गर्दैछौं । महामन्त्रीको प्रतिवेदनको आधारमा संगठनलाई बलियो साथ परिचालन गर्ने काम सुरू हुन्छ । त्यो खालको परिस्थितिको निर्माण महासमितिको बैठकबाट भएको छ । हामी १४औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने भएकाले पार्टीभित्रका गतिविधि हरु चलिरहन्छ । १४औं महाधिवेशनसम्म पार्टीको काममा सबैले दत्तचित्त लगाएर गर्नुपर्छ ।
० गुटबन्दीले कांग्रेस ओरालो लाग्यो, त्यस किसिमको परिणाम पनि भएन यो सब कारण पार्टीको गुटबन्धीका कारण भएको भनिन्छ नी ?
वास्तवमा यो महत्वपुर्ण प्रश्न छ । ठुला दल भनिएका कम्युनिष्टहरुको निर्वाचनमा एक भएको अवस्था थियो । कांग्रेस भित्र झण्डै २५र२६ वर्षदेखि एउटै स्थायी प्रकृतिको गुट छ । विचारका हिसाबका गुटलाई हामी स्वभाविक मान्नुपर्छ । तर स्वार्थका लागि भएका गुटहरु त्यो हाम्रा लागि सबैभन्दा ठूलो भाइरस हो । कांग्रेसमा स्थायी प्रकृतिको गुट भएका छन्, त्यसलाई चिर्न सक्नुपर्छ । अब आउने महाधिवेशनमा ति गुटलाई चिर्नुपर्ने मुख्य चुनौती पनि हो ।
तर, ती सबैका बाबजुद पनि नेताहरू एक ठाउँमा उभिएर महासमितिको बैठक सम्पन्न गर्नुभयो । कम्युनिष्टहरूको सर्वसत्तावादी सोचलाई परास्त गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, समावेशी राजनीतिको बलियो आधार सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो । संविधानअनुसार नै पार्टीको काम अगाडि बढाउन नेताहरू एक ठाउँमा उभिएर साझारूपमा प्रस्ताव पारित भएको छ ।
० त्यसो भए, अब गुटबन्दी हुन्न ? चुनौती सामना गर्न सक्ने कांग्रेस आउँछ त ?
गुटबन्दी हुँदैन भन्न खोजेको होइन । कार्यकारिणीको चुनाव हुने अवस्था छ । कार्यकारिणीको चुनाव नसक्दा नसक्दै महाधिवेशन तयारीको प्रक्रिया प्रारम्भ हुन्छ । भनेपछि अढाई तीन वर्ष त हामी निर्वाचनै चिर्वाचनको शिलशिलामा गुज्रिने हुन्छौं । त्यसैले निर्वाचनमा लड्ने बेलामा अलिअलि प्रतिस्पर्धा गर्दा विभिन्न पक्षहरू त देखिहाल्छन् नि । त्यसलाई लोकतान्त्रिक प्रतिस्पर्धाको रूपमा हेर्नुपर्छ ।
त्यसलाई स्वस्थ प्रकृतिको बनाउने हाम्रो जिम्मेवारी हो । पार्टीका नेतृत्व पंक्तिका नेताहरूले नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान गर्नुभयो । शेरबहादुर देउवा र रामचन्द्र पौडेलको पुस्ताले असाध्यै ठूलो योगदान गरेको छ । ५०–५२ वर्षदेखिको राजनीतिमा लामो समय जेल बस्ने थुप्रै नेताहरू हुनुहुन्छ । तर, यी सबैका बाबजुद अब कम्युनिष्टहरूसँग लड्न ऊर्जा चाहिएको छ त्यो ऊर्जा पार्टीका अर्को उमेर समूहले दिन सक्नुपर्छ ।
आउने महाधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पुस्ताको सम्मान गर्ने, योगदानप्रति कृतज्ञ हुने तर पार्टीको नेतृत्व अब भाईपुस्तामा सार्ने प्रबन्ध गर्नुपर्छ । यसले गर्दा उहाँहरूको सम्मान पनि हुने, अभिभावकत्व पनि हुने र अब आउने दिनका चुनौती सामना गर्न सक्ने कांग्रेस आउँछ । जनताको सबैभन्दा प्रिय पार्टीको रूपमा पुनः स्थापित हुनसक्छ ।
मधेशमा कम्युनिष्टहरूप्रति जहिले पनि निराशा त छँदैछ । मधेशको मसीहा हुँ भन्ने पार्टीहरू पनि मधेशी जनताको मुद्दामा भन्दा आफूलाई सत्तामा पु¥याउनका लागि बढी तत्पर देखिएका छन् । आमरूपमा मधेशमा निराशा देखिएको छ । म पनि मधेशकै मान्छे हुँ । गएको १०–१२ वर्षमा कांग्रेसले मधेशमा जनाधार गुमाएको छ । त्यो जनाधार फिर्ता लिएर आउन अहिले एउटा अवसर बनेको छ । त्यो अवसरलाई सदुपयोग गर्नुछ ।
युवा, महिला, विभिन्न पहिचानका समुदायको बीचमा गएर सबैको समर्थन आफ्नो पक्षमा लिएर आउनुछ । यी सबै काम गर्नका लागि एउटा बलियो अवसर भएको छ । हामी हरेक तहमा सत्ता बाहिर छौं र अर्को चार वर्षसम्म हामी सत्ता बाहिर हुन्छौं । सत्ता बाहिर हुँदा कांग्रेसले जनतासँग जोडिने काम गर्नुपर्छ । जनताका सबैभन्दा प्रिय पार्टीलाई फेरि लोकप्रिय बनाउनुछ ।
त्यो बनाउने अवसरका रूपमा विपक्षमा बस्ने, जनताको पक्षमा बस्ने, सरकारले गरेका राम्रा कामको समर्थन गर्ने, नराम्रा कामको विपक्षमा उभ्ने र जनताको घरदैलोमा जाने अवसर हामीलाई प्राप्त भएको छ । त्यसैले कांग्रेसले सत्तातर्फ हेर्दै नहेरी आउने चार वर्ष जनताको पक्षमा काम गरेर नेपाली जनताको प्रिय पार्टीको रूपमा निर्माण गर्ने अवसर आएको छ । त्यो अवसरलाई सदुपयोग गरौं त्यहीं नै महासमितिको सन्देश पनि हो ।
० कांग्रेसकोे मधेसमा समर्थन भएपनि आफ्नो जनाधार त गुमाउँदै गयो नी ?
खासगरी २०६४ सालको निर्वाचनमा हाम्रो आधार गुम्यो । कांग्रेसले मधेशबाट दिनप्रति दिन जनाधार गुमाएको होइन ।
हामी मधेश र पहाडमा उत्तिकै मत पाउँथ्यौं । तपाईले भने झै हामीले मधेशमा समर्थन पाएर पनि मत ल्याउन नसकेकै हो । तर धेरै पार्टी र उम्मेदवारहरू भएको हुनाले पनि भने जस्तै मत पाउन सकेनौं । २०६४ पछि मधेशमा हाम्रो समर्थन बढेको त छ तर सीट घट्यो । मधेशका जनतालाई पहिले भ्रम पनि भएको थियो ।
नेपालका मूलधारका पार्टीहरू पहाडेहरूको मात्रै नजिक हुन् भन्ने खालको भ्रम थियो । त्यो भ्रम टुटेको छ । मधेशीले नै नेतृत्व गरेको पार्टीले भलाइ गर्छ कि भन्ने आशा गरेका थिए मधेशका जनताले । तर, तिनीहरू पनि मधेशी जनताका मुद्दाभन्दा सत्ताका लागि लागेका छन् भन्ने कुरा प्रष्टरूपमा देखा परेको छ ।
त्यसैले हामीले मधेशको मुद्दालाई नै ध्यानमा राखेर संविधानमा रहेका असन्तुष्टिहरूलाई सम्बोधन गर्छौं भनेर तत्कालीन प्रधानमन्त्री दिवंगत नेता सुशील कोइरालाले संविधानसभामा प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यो प्रतिबद्धताअनुसारको संविधान संशोधन गराउने, जनसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउने, मधेशी समुदायका मानिस नहेपिने कुराहरूलाई हामीले आत्मसात गरेका छौं । तर, हिजो गुमेको विश्वास प्राप्त गर्ने अवसर छ । सबैभन्दा ठूलो अवसर मधेशमै छ, मधेशी जनताको बीचमा छ । पहाडमा पनि हामी उत्तिकै जिम्मेवार छौं । संगठन विस्तारमा लागि परिरहेका छौं ।
० कांग्रेसले संविधान संशोधनमा सघाउने भनेको छ नी ?
हाम्रो पार्टीको नेतृत्वमा सरकार हुँदा संविधान संशोधनका लागि प्रस्तावै दर्ता गराएका थियौं । हामीले जुन संशोधनका प्रस्ताव दर्ता गरायौं, त्यहीं प्रस्तावको पक्षमा अहिले पनि छौं । त्यसको पक्षमा सबै जना आउनुपर्छ भनेर हामीले सदनमा भनिरहेका छौं । हाम्रो त लिखितै छ, दर्ता गरेको प्रस्तावै छ नि त ।
० तपाइँहरूले दर्ता गराउनुभएको संशोधनको प्रस्तावले मधेशको समस्या समाधान हुन्छ ?
त्यो प्रस्तावले मधेशी जनताको चाहनाअनुसार उठेको कुराहरूलाई समाधान गर्छ । तर, संविधानले मात्रै पुगेन न नि त । राज्य सबै जनताका लागि उपयी हुनुपर्छ । हिजोको एकात्मक शासनबाट संघीय शासनमा गएका छौं । ७५३ वटा स्थानीय तहको सरकार छ, ७ वटा प्रदेशको सरकार छ ।
अब सरकारले गर्ने काम, संविधान संशोधनपछि बन्ने कानूनहरू, ती कानूनको कार्यान्वयन अनि विकास निर्माणका नीतिहरू, स्थानीय तहको विकासका गतिविधिहरू अगाडि बढाउने कुराले स्वाभाविकरूपमा विस्तारै यी समस्याहरूलाई सम्बोधन गर्दै जान्छ र गर्न सक्छौं भन्ने विश्वास छ ।
० अब समग्र मुलुकका लागि कांग्रेस कसरी अघि बढ्छ त ?
सत्ता पक्षको रवैया यस्तै हो भने । कांग्रेस सडकमा जान्छ । राजतिलक साप्ताहिक