• होमपेज
  • Hot news
  • राष्ट्र बैंकको अर्को दादागिरी

राष्ट्र बैंकको अर्को दादागिरी

  • बिहिबार, माघ १०, २०७५
राष्ट्र बैंकको अर्को दादागिरी

कांग्रेसी गर्भनर डा.चिरजीवी नेपालले बैंकका उच्च कर्मचारीलाई एक पछि अर्को निर्देशन लाद्ने काम फेरि शुरु गरेका छन् । आफ्ना राष्ट्र बैंकका कर्मचारीलाई कुलिङ पिरियड घटाउँदै बैंकको दोस्रो मेन डिपुटी सीइओलाई समेत कुलिङ पिरियड लाद्ने काम शुरु गरेको छन् ।

जो सत्तामा गयो उसैका दादागिरी जस्तो गरि गर्भनर डा. नेपालले एक पछि अर्को दादागिरीको निर्णय गर्दै कर्मचारीलाई लाद्ने गरे पनि बैंक् अध्यक्षलाई सबैकुराको छुट दिएका छन् । अध्यक्ष हस्तक्षेपकै कारण सीइओहरुले राजिनामा दिएका छन् । बेखबर जस्तै छन् । गर्भनर साव ?

राष्ट्र बैंकले केही दिन अगाडी निर्देशन जारी गर्दै दोस्रो वरियताका पदाधिकारी सेवाबाट हटेपछि ६ महिनाको अवधि ब्यतित नभइ समान प्रकृतिको पदमा नियुक्त हुन नपाउने ब्यवस्था गरेको हो । यो कति उपुयुक्त होला । हेर्न बाँकी छ ।

प्रमुख कार्यकारी अधिकृत जुनसुकै कारणबाट हटेमा त्यस्तो ब्यक्ति पुन त्यही कार्यकाल वा ६ महिनामध्ये जुन बढि हुन्छ त्यस अवधि ब्यतित नभइ सञ्चालक लगायत कुनै पनि हैसियतमा काम गर्न नपाउने भएको छ।कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो ब्यक्ति पुन त्यही कार्यकालभित्र त्यही संस्थाको सञ्चालक पदमा निर्वा्चित वा मनोनितसमेत हुन नपाउने भएको देखिन्छ ।

पछिल्लो समय राष्ट्र बैंकका गर्भनर, डिपुटी गर्भनर र कार्यकारी निर्देशकहरुले आफ्ना सेवा बढाउने, आफ्ना स्वार्थका काम गर्ने परम्परा बढेको देखिन्छ । यो तत्कालै बन्द गरिनु पर्दछ अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि