• होमपेज
  • अर्थ/वाणिज्य
  • सनराइज बैंकको एकैसाथ ६ वटा प्रादेशिक कार्यालय संचालन

सनराइज बैंकको एकैसाथ ६ वटा प्रादेशिक कार्यालय संचालन

  • शुक्रबार, पुस २७, २०७५
सनराइज बैंकको एकैसाथ ६ वटा प्रादेशिक कार्यालय संचालन

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय ईटहरी , प्रदेश नं २ को लाहान , प्रदेश नं ४ को पोखरा , प्रदेश नं ५ को बुटवल , प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा आफ्ना प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ ।

प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्नेछ ।

उक्त प्रादेशिक कार्यालयहरुको सामुहिक समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, संचालक ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका छन् ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि