• होमपेज
  • अर्थ/वाणिज्य
  • नवलपरासीमा ग्लोबल आइएमई बैंकको राजश्व संकलन काउण्टर सञ्चालनमा

नवलपरासीमा ग्लोबल आइएमई बैंकको राजश्व संकलन काउण्टर सञ्चालनमा

  • मङ्लबार, पुस २४, २०७५
नवलपरासीमा ग्लोबल आइएमई बैंकको राजश्व संकलन काउण्टर सञ्चालनमा

ग्लोबल आइएमई बैंकले नवलपरासीको कावासोतीमा (बर्दघाट–सुस्तापूर्व) राजस्व संकलन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दोचापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी  र गुणस्तरीय सेवा प्रदान गर्ने उद्वेश्यले राजस्व संकलन काउण्टर संचालन गरेको हो ।

उक्त राजस्व संकलन काउण्टरको उद्घाटन आन्तरिक राजस्व कार्यालयका वासोतीका प्रमुख सुरज कुमार विश्वकर्माले गरे । यस राजस्व संकलन काउण्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ ।
यसका साथै बैंकले ११६औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पुस २०गते शुक्रबार देखि पाल्पा जिल्लाको तानसेन नगरपालिका १३, बौघा गुम्हामा ११६ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यस शाखारहित बैंकिङ सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीय वासीहरुको रोहवरमा भएको हो ।

हाल बैंकले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटाराजश्व संकलनकाउण्टर र ११६शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार