• होमपेज
  • अर्थ/वाणिज्य
  • रुकुममा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालन

रुकुममा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालन

  • मङ्लबार, पुस २४, २०७५
रुकुममा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालन

कुमारी बैंक लिमिटेडले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित सेवाको थालनी पश्चात् स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट विभिन्न बैंकिङ्ग सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिईरहेको कुमारी बैंकले ग्राहकहरुको सुविधा÷सहजतालाई ध्यानमा राखी उल्लेखित स्थानमा फिनलिट नेपालको सहकार्यमा उक्त सेवा सुचारू गरेको जनाएको छ ।

सोलाबाङ्गस्थित श्री बालकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले शाखारहित बैंकिङ्ग सेवाको एक समारोहका बीच उद्घाटन गरेका थिए ।

आफ्ना ८८ शाखाहरु, ८१ एटिएमहरु तथा २ एक्सटेन्सन् काउन्टरहरुबाट अत्याधुिनक प्रविधियुुक्त ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, रेमिट्यान्स, सि–आस्वा लगायतका विविध सेवाहरु दिँदै आईरहेको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि