• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रेको थप ८ शाखा रहित बैंकिङ सेवा संचालन

माछापुच्छ्रेको थप ८ शाखा रहित बैंकिङ सेवा संचालन

  • आइतवार, पुस २२, २०७५
माछापुच्छ्रेको थप ८ शाखा रहित बैंकिङ सेवा संचालन

माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग, भोजपुर र डडेलधुरा मा८शाखा रहित बंैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

त्यससँगै डडेलधुरामा पर्ने वागेश्वर गाँउपालिको रुपाल र गन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ् गाँउपालिको कोट रपाँचधारे, सदानन्द नगरपालिको साङ्पाङ् रपौवाडुङ्मा गाउँपालिकाको च्याङ्रेमा पनि ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द«हरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ५२ शाखा रहित बंैकिङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बंैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ११० वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार