• होमपेज
  • अर्थ/वाणिज्य
  • मिस नेपाल श्रृंखला राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर नियुक्त

मिस नेपाल श्रृंखला राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर नियुक्त

  • बुधबार, पुस १८, २०७५
मिस नेपाल श्रृंखला राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर नियुक्त

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा नियुक्त भएकी छन् । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खतिवडालाई बुधबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाािण्ज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको बताए ।

सम्झौतामा हस्ताक्षर गर्दै दी हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीेले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिती सशक्त बनाउन सक्ने विश्वास लिएको बताएका थिए ।

ब्राण्ड एम्बेसडर नियुक्त भए पछि मिस नेपाल २०१८ श्रृंखला खतिवडाले वाणिज्य बैंकहरुमा मिस नेपालको भूमिकामा पहिलो पटक ब्राण्ड एम्बेसडर नियुक्त भएकोमा खुसी व्यक्त गरेकी थिइन् । अझ सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको उनको भनाई थियो ।

Facebook Comments

सम्बन्धित समाचार