• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु बैंकले सुरु गर्यो प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता

प्रभु बैंकले सुरु गर्यो प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता

  • बुधबार, पुस १८, २०७५
प्रभु बैंकले सुरु गर्यो प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता

नेपाल स्टक एक्स्चेञ्ज लि.ले सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि नेपाल स्टक एक्स्चेञ्ज लि.ले प्रभु बैंक लि.लाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ ।

अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंक सम्म पुग्नु नपर्ने गरी बैंकले सुविधायक्त प्रभु अनलाईन टे«डिङ्ग बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क e-banking सेवा उपलब्ध हुनेछ ।

प्रभु बैंकको प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन शेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरुलाई शेयर कारोबार गर्न सहजता प्राप्त हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)