महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गका लागिचिप प्रणालीमाआधारित महालक्ष्मी डलर कार्ड सार्वजनिक गरेको छ ।
संसारको जुनसुकै ठाउँबाटकार्ड सम्बन्धी बैकिङ्ग कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारितमहालक्ष्मी डलर कार्ड सञ्चालनमा ल्याइएको हो ।यस कार्डको प्रगोग गरी संसारको जुनसुकै ठाउँमा यात्रा गरिरहनु भएका(भारत बाहेक) यात्रीहरुले सहजै आवश्यक विदेशी मुद्रामा रकम झिकी प्रयोग गर्न सक्नु हुनेछ ।
विदेश भ्रमणका लागि तयारी गरिरहनु भएका ग्राहकहरुलेउक्त कार्डको प्रयोग गरी नेपालबाटै केही रकम साथमा बोकी जानुपर्ने,रकम चोरी हुने,आवश्यक मुद्रा सटही कार्यमा ढिलासुस्ती हुने जस्ता समस्याहरु पूर्ण रुपमा छुटकारा पाउन सक्नु हुनेछ । बैंकले आगामी दिनहरुमा पनि नवीन उपकरणहरु मार्फत आफ्ना ग्राहकहरुलाई अझ प्रभावकारी बैकिङ्ग सेवा–सुविधा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।