सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले चितवनको नारायणगढ शाखा, बेलचोकमा पुस ३ गतेबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।
याे एटिएम सेवा उद्घाटन पश्चात् बैंकले ५८ वटा एटिएमबाट सेवा प्रदान गर्नेछ । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले एटिएमको उद्घाटन गरेका हुन् ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु सञ्चालनमा रहेका छन् ।
साथै बैंकले १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।