• होमपेज
  • बीमा
  • प्राइम लाइफ इन्स्योरेन्सले गर्याे पुनर्बीमा सम्झौता

प्राइम लाइफ इन्स्योरेन्सले गर्याे पुनर्बीमा सम्झौता

  • मङ्लबार, मंसिर ११, २०७५
प्राइम लाइफ इन्स्योरेन्सले गर्याे पुनर्बीमा सम्झौता

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच पुनर्बीमा सम्झौता भएको छ ।

नेपाल सरकारले चालु आ.व.२०७५/०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको हो ।

सोमबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने अपेक्षा गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार