• होमपेज
  • बजार
  • शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो

शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो

  • आइतवार, मंसिर ९, २०७५
शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो

धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा आज बजार एक दशमलव २५ विन्दुले घटेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत तीन दशमलव शून्य आठ विन्दुले घटेर २४७ दशमलव ९८ विन्दुमा झरेको छ ।

स्टकका अनुसार कूल १५४ कम्पनीको आठ लाख ४० हजार ५५ कित्ता शेयर रु २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ ।

बैंकिङ १२ दशमलव ६४, होटल २८ दशमलव ८७, विकास बैंक छ दशमलव ४७, जलविद्युत् २४ दशमलव ८९, वित्त पाँच दशमलव १६, निर्जीवन बीमा ९६ दशमलव ७६, उत्पादन ५० दशमलव ५४, अन्य सात दशमलव ७१, माइक्रोफाइनान्स २२ दशमलव ४५ र जीवन बीमा ४४ दशमलव ४० अङ्कले घटेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि