• होमपेज
  • मनोरञ्जन
  • प्रमोद खरेलको ‘तिनिन उनैले’ रिलिज

प्रमोद खरेलको ‘तिनिन उनैले’ रिलिज

  • बिहिबार, मंसिर ६, २०७५
प्रमोद खरेलको ‘तिनिन उनैले’ रिलिज

गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। गायक प्रमोद खरेलकै युट्युब च्यानलमार्फत ‘तानिन उनैले’ बोलको गीत सार्वजनिक गरिएको हो। मुकुन्द पौडेको शब्द समावेश उक्त गीतमा केशव पौडेलको संगीत सुन्न सकिन्छ।

गीतलाई लिएर गायक प्रमोद खरेल पनि एकदमै उत्साहित छन्। उनी भन्छन्, ‘मलाई मेरा दर्शक श्रोताले सधै साथ दिइरहनु भएको छ। यस गीतमा पनि उहाँहरुको साथ पाउनेमा म विश्वस्त छु।’ प्रमोद अहिले गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचका रूपमा काम गरिरहेका छन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नम्रता श्रेष्ठ र सुधिर खनालको अभिनय रहेको छ। रजिव समरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नम्रता र सुधिरको माया प्रेम देखाइएको छ। भिडियोको मेकिङमा केही फरकपन देखिन्छ।

सर्वजनिक उक्त भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने गीतमा गीतशाहास शाक्यको एरेन्जमेन्ट रहेको छ।

हेर्नुहोस् भिडियो :

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने