• होमपेज
  • रोजगारी
  • कुमारी बैंकमा रोजगारको अवसर

कुमारी बैंकमा रोजगारको अवसर

  • सोमवार, मंसिर ३, २०७५
कुमारी बैंकमा रोजगारको अवसर

कुमारी बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले एसिस्टेन्टदेखि मेनेजरसम्मका विभिन्न पदका लागि कर्मचारी मागेको हो । कुनै पदका लागि पनि निश्चित संख्या तोकिएको छैन । सबै पदका लागि अनुभव र उमेर हद तोकिएको छ ।

सिनियर मेनेजरका लागि १२ वर्ष कमर्सियल बैंकमा काम गरेको अनुभव हुनुपर्नेछ । जसमध्ये, चार वर्ष मेनेजर लेभलमा रहेको हुनुपर्नेछ । स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्नेछ । फाइनान्स, मार्केटिङ, अर्थशास्त्र अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकालाई प्राथमिकता दिइनेछ । उमेर ४६ वर्ष ननाघेको हुनुपर्नेछ ।

बैंकले ४५ वर्ष उमेर ननाघेका मेनेजर मागेको छ । यसका लागि १० वर्ष कमर्सियल बैंकमा काम गरेको अनुभव हुनुपर्नेछ । जसमध्ये, तीन वर्ष मेनेजर लेभलमा रहेको हुनुपर्नेछ । स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्नेछ । फाइनान्स, मार्केटिङ, अर्थशास्त्र अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकालाई प्राथमिकता दिइनेछ । उमेर ४६ वर्ष ननाघेको हुनुपर्नेछ ।

डेपुटी मेनेजर पदका लागि आठ वर्ष कमर्सियल बैंकमा काम गरेको अनुभव हुनुपर्नेछ । जसमध्ये, एक वर्ष मेनेजर लेभलमा रहेको हुनुपर्नेछ । स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्नेछ । फाइनान्स, मार्केटिङ, अर्थशास्त्र अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकालाई प्राथमिकता दिइनेछ । उमेर ४३ वर्ष ननाघेको हुनुपर्नेछ ।

एसिस्टेन्ट मेनेजरका लागि सात वर्ष कमर्सियल बैंकमा काम गरेको अनुभव हुनुपर्नेछ । जसमध्ये, तीन वर्ष अफिसर लेभलमा रहेको हुनुपर्नेछ । स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्नेछ । फाइनान्स, मार्केटिङ, अर्थशास्त्र अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकालाई प्राथमिकता दिइनेछ । उमेर ४२ वर्ष ननाघेको हुनुपर्नेछ ।

सिनियर अफिसरका लागि वित्तीय संस्था, अडिट फार्म, कोर बैंकिङ सफ्टवेर, आईटीसँग सम्बन्धित क्षेत्र, कार्ड, डिजिटल बैंकिङ अथवा सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको अनुभव, उमेर ३८ वर्ष र शैक्षिक योग्यता स्नातक उतीर्ण हुनुपर्नेछ ।

अफिसरका लागि वित्तीय संस्था, अडिट फार्म, कोर बैंकिङ सफ्टवेर, आईटीसँग सम्बन्धित क्षेत्र, कार्ड, डिजिटल बैंकिङ अथवा सम्बन्धित क्षेत्रमा कम्तीमा चार वर्ष काम गरेको अनुभव, उमेर ३८ वर्ष र शैक्षिक योग्यता स्नातक उतीर्ण हुनुपर्नेछ ।

सुपरभाइजरका लागि वित्तीय संस्था, अडिट फार्म, कोर बैंकिङ सफ्टवेर, आईटीसँग सम्बन्धित क्षेत्र, कार्ड, डिजिटल बैंकिङ अथवा सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव, उमेर ३६ वर्ष र शैक्षिक योग्यता स्नातक उतीर्ण हुनुपर्नेछ ।

सिनियर एसिस्टेन्टका लागि वित्तीय संस्था, अडिट फार्म, कोर बैंकिङ सफ्टवेर, आईटीसँग सम्बन्धित क्षेत्र, कार्ड, डिजिटल बैंकिङ अथवा सम्बन्धित क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव, उमेर ३६ वर्ष र शैक्षिक योग्यता स्नातक उतीर्ण हुनुपर्नेछ ।

आवेदन दिने म्याद २ डिसेम्बरसम्म रहेको छ । आवेदन इमेल ([email protected]
) मार्फत दिनुपर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार