• होमपेज
  • अर्थ/वाणिज्य
  • ग्लोबल आइएमईको नाफा बढ्यो

ग्लोबल आइएमईको नाफा बढ्यो

  • मङ्लबार, कार्तिक २७, २०७५
ग्लोबल आइएमईको नाफा बढ्यो

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा खुद मुनाफा ३५ करोड ५८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ३६ दशमलव ३६ प्रतिशतले वृद्धि गरेको हाो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३९ करोड २९ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आइएमइ बैंकले जगेडाकोषमा ५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १ खर्ब ११ अर्ब ४६ करोड ९० लाख रुपैयाँ संकलन गरी कर्जामा ९९ अर्ब ५० करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा गत वर्षको तुलनाभन्दा १५ दशमलव ११ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानीमा ५५ दशमलव २३ प्रतिशतले बढेर १ अर्ब २० करोड ८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४० दशमलव ४८ प्रतिशतले बढेर ७५ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जोखिम युत्त सम्पत्ति ११ दशमलव २७ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ०५ प्रतिशत, प्रतिशेयर आम्दानी २४ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानी अनुपात १३ दशमलव १९ गुणा, नेटवर्थ प्रति शेयर १ सय ६४ दशमलव ५३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ४९ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार