• होमपेज
  • अर्थ/वाणिज्य
  • सनराइज बैंक १०० भन्दा बढी स्थानहरुमा

सनराइज बैंक १०० भन्दा बढी स्थानहरुमा

  • सोमवार, कार्तिक १९, २०७५
सनराइज बैंक १०० भन्दा बढी स्थानहरुमा

सनराईज बैंकले सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा संचालन गरेको छ । सेवा विस्तार गर्ने क्रममा काठमाडौंको मनमैजु, बाँकेको कोहलपुर र स्याङजाको वालिङ्गमा शाखा संचालन गरेको छ ।

सोमबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच मनमैजु शाखा संचालक समितिका सदस्यहरु डा. भोगेन्द्र गुरागाई र ई. बच्छराज तातेडले उद्घाटन गरेका छन् ।

यसै क्रममा कोहलपुर शाखा, कोहलपुर नगरपालिकाका मेयर लुत बहादुर रावत तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी र वालिङ्ग शाखा वालिङ्ग नगरपालिकाका मेयर दिलिप प्रताप खाँड र वालिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले संयुक्त रुपमा गरे ।

साथै आइतबार, टिकापुर नगरपालिका र लम्की चुहा नगरपालिका कैलालीमा आफ्नो शाखाहरू बिस्तार गरेको छ । टिकापुर शाखाको उद्घाटन टिकापुर नगरपालिका मेयर तपेन्द्र रावलले, उप–मेयर केशरी विष्ट रावल र बैंकका नायव महाप्रबन्धक रविन नेपालको उपस्थितीमा गरे । सोहि दिन लम्की चुहा नगरपालिका मेयर महादेव बजगाइ र बैंकका नायव महाप्रबन्धक रविन नेपालले लम्की शाखाको उद्घाटन गरेका छन् ।

उक्त शाखारूको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २४ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १११ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा