• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैंकको चिप प्रणालीमा डेबिट कार्ड सञ्चालनमा

महालक्ष्मी विकास बैंकको चिप प्रणालीमा डेबिट कार्ड सञ्चालनमा

  • बिहिबार, कार्तिक १५, २०७५
महालक्ष्मी विकास बैंकको चिप प्रणालीमा डेबिट कार्ड सञ्चालनमा

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गका लागि चिप प्रणालीमा आधारित EMV महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ । कार्ड सम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित VISA डेबिट कार्ड सञ्चालनमा ल्याइएको हो ।

यस अघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक Magnetic Stripe प्रविधिका VISA डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । चिपमा आधारित कार्ड विश्व स्तरीय रहेको र यस कार्डको प्रयोग गर्नाले सम्भावित जोखिमहरु धेरै न्यून गर्न सकिने कुरालाई मध्यनजर गर्दै यस बैंकले चिप प्रणालीमा आधारित महालक्ष्मी VISA डेबिट कार्ड सञ्चालनमा ल्याएको हो ।

बैकले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुसँग रहेका सम्पूर्ण  Magnetic Stripe प्रविधिका ख्क्ष्क्ब् डेबिट कार्डलाई चिप प्रणालीमा आधारित EMV महालक्ष्मी VISA डेबिट कार्डले प्रतिस्थापना गर्ने योजना बनाएको छ ।

यसका अतिरिक्त यस बैंकले निकट भविष्यमा संसारको जुनसुकै ठाउँबाट सुरक्षित बैकिङ्ग कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड सञ्चालनमा ल्याउने खुलासा गरेको छ । यस्ता उपकरणहरु मार्फत प्रदान गरिने बैकिङ्ग सेवा–सुविधा अझ प्रभावकारी हुने व्यहोरा बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने