• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकले भारतबाट रेमिट्यान्स सेवा संचालन

जनता बैंकले भारतबाट रेमिट्यान्स सेवा संचालन

  • मङ्लबार, कार्तिक १३, २०७५
जनता बैंकले भारतबाट रेमिट्यान्स सेवा संचालन

जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’ मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा प्रयोग गर्न सक्ने भएका छन् ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको संझौता अनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्ने भएको हो ।

रेमिट्यान्स कारोवारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरु मार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ ।

एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६ शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ ।

जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिने जनाएको छ । जनता बैंकले देश भरीमा १२६ शाखा सञ्जाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार