• होमपेज
  • मनोरञ्जन
  • पूर्णिमाको ‘फूल भनौं जीन्दगीलाई’ सार्वजनिक

पूर्णिमाको ‘फूल भनौं जीन्दगीलाई’ सार्वजनिक

  • आइतवार, कार्तिक ११, २०७५
पूर्णिमाको ‘फूल भनौं जीन्दगीलाई’ सार्वजनिक

गायिका पूर्णिमा लामाको स्वर रहेको ‘फूल भनौं जीन्दगीलाई’ बोलको गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

केही महिना अगाडि यस गीतको अडियो सार्वजनिक गरिएको थियो। उक्त अडियो गीतलाई युट्युबमा २९ लाख ८२ बढी भ्युज मिलेको छ।

अडियो गीतलाई यत्ति धेरै माया दिएको भन्दै यस गीतबाट आफू निकै आशावादी रहेको गायिका लामाले बताइन्। उनले भनिन्, ‘गीतको अडियो दर्शकले रुचाइदिनु भएको छ। भिडियो पनि राम्रो बनेकोले सफल हुनेमा आशावादी छु।’

भुपेन्द्र बुढाथोकीको शब्द समावेश उक्त गीतमा गोविन्द मधुर आचार्यको संगीत सुन्न सकिन्छ। गीतको एरेन्जर पनि संगीतकार आचार्य नै हुन्। गीतकार भुपेन्द्र पनि यस भिडियोबाट निकै आशावादी छन्। गीतको अडियो दर्शक-श्रोताले रुचाएका कारण भिडियो पनि रुचाउने उनको तर्क छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गीतकार भुपेन्द्र बुढाथोकी र एलिशा राईको अभिनय रहेको छ। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमाअर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

भिडियो :

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि