• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न

ज्योति विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न

  • सोमवार, अशोज २९, २०७५
ज्योति विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न

ज्योति विकास बैंक लि.ले नक्साल ब्याङ्केट, नक्साल, काठमाण्डौमा एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीकोे ८.४०५ का दरले हुुने रु.२१,८०,६२,७५३/- (अक्षरुपी एक्काइस करोड असी लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैंया मात्र) नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ ।

प्रस्तुत भएको प्रतिवेदन उपर विभिन्न शेयरधनीहरुले टिप्पणी गर्नु भएकोमा अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उत्तर दिनु भए पश्चात सभाबाट प्रतिवेदन पारीत भएको थियो ।

एघारौं वार्षिक साधारणसभाबाट ज्योति विकास बैंक लि.ले नुवाकोट जिल्लाको विदुर नगरपालिकाकमा केन्द्रिय कार्यालय रहेको एक जिल्ला कार्य क्षेत्र भएको हाम्रो विकास बैैंक लि. लाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्ति पश्चात यस विकास बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्नेछ ।

बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि ९ऋयचउयचबतभ क्ष्mबनभ० बजारमा स्थापना गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, स्मार्ट मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा, ब्द्यद्यक् सेवा का साथै आईपिएस सेवा समेत उपलब्ध गराएको छ ।

हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । चालु आ.व.मा बैंकले करिब १ लाख ५० हजार खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गर्न र १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार