• होमपेज
  • मनोरञ्जन
  • ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुँदै

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुँदै

  • बुधबार, अशोज २४, २०७५
ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुँदै

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुने भएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यको सारलोटको क्विन सिटीमा आगामी डिसेम्बर २२ तारिखमा आवार्ड आयोजना गरिने भएको हो ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्न लागिएको आयोजकले प्रेश विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

जिएनएफए र लभ एन्ड सर्पोट फाउन्डेशन (501C-3) युएसएको संयुक्त आयोजनामा हुने यो अवार्डको आयोजकमा युएसएबाट मनोज राई, लभ एन्ड सर्पोट फाउन्डेशनका निर्देशक शिव विष्ट रहेका छन् भने नेपालबाट नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठ संयोजक रहेकाछन् ।

विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोबल’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै सिनेमाको बजार प्रवद्र्धन, पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवार्डका लागि चाँडैनै छनोट समिति गठन हुने र त्यसपछि पत्रकार भेटघाट गरिने नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, लभ एन्ड सर्पोट फाउन्डेशनका अध्यक्ष मनोज राईद्वारा जारी गरिइएको विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा