• होमपेज
  • विकास
  • टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

  • सोमवार, अशोज १५, २०७५
टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

लामो समय बन्द अवस्थामा रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच आज भएको सहमतिअनुसार मङ्गलबार सानो जहाजले परीक्षण उडान गर्ने भएको हो ।

“दशैँअगावै सातामा दुई पटक विमान सेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता अशोक सिग्देलले भन्नुभयो । उहाँले इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान अवतरणको तयारी रहेको समेत जानकारी दिनुभयो ।

प्रवक्ता सिग्देलले मङ्गलबार परीक्षण उडान भएसँगै विमान सेवा दशैँअगाडि सातामा दुई पटक सञ्चालन हुने समेत बताउनुभयो । सिग्देलले परीक्षण उडानको प्रतिवेदन पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर सहमति दिएपछि उडान तालिका बनाइने बताउनुभयो । “साता दिनभित्र सबै प्रक्रिया पूरा भएर विमान व्यापारिक रुपमा सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो ।

नेपाल एयरलाइन्सले उडान भर्ने भएकाले अन्य विमान कम्पनीको भन्दा कम भाडा हुने नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँले सातामा दुई पटक सञ्चालन हुँदा रु छ हजारसम्म र त्यसपछि रु पाँच हजारभन्दा पनि कम भाडाबाट यात्रा गर्न सकिने बताउनुभयो ।

तुलसीपुर विमानस्थल लामो समय सञ्चालनमा नआउँदा हवाई सेवा प्रयोग गर्ने यहाँका कैयाँै यात्रु भैरहवा र नेपालगञ्जको विमानस्थल प्रयोग गर्न बाध्य थिए । तुलसीपुर उपमहानगरपालिकाले भदौ ३१ गते विमान सेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङका सम्पूर्ण सभासद् र निगमका प्राविधिक कर्मचारीको सहभागितामा विमानस्थलमै अन्तरक्रिया कार्यक्रम गरेको थियो । रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि