• होमपेज
  • विकास
  • निजामती अस्पताल विस्तारमा चिनियाँ सहयोग

निजामती अस्पताल विस्तारमा चिनियाँ सहयोग

  • बुधबार, अशोज १०, २०७५
निजामती अस्पताल विस्तारमा चिनियाँ सहयोग

छिमेकी मुलुक चीनको सहायतामा निजामती सेवा अस्पतालको विस्तार र क्षमता वृद्धि हुने भएको छ । नेपाल सरकार र चीन सरकारबीचको सहायता कार्यक्रमअन्तर्गत निजामती अस्पतालको सेवा विस्तार, थप श्ययाको व्यवस्था र अत्याधुनिक सेवासहितका नयाँ भवन र अस्पतालको क्षमता विस्तार हुनेछ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नेपालका लागि चिनियाँ राजदूत यू होङले आज यहाँ आयोजित कार्यक्रममा अस्पतालको विस्तार तथा स्तरोन्नतिको औपचारिक शिलान्यास गर्नुभयो ।

सो अवसरमा मन्त्री पण्डितले निजामती अस्पतालको विस्तारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउनुभयो । अस्पतालको विस्तार तथा स्तरोन्नतिले भविष्यमा थप गुणस्तरीय सेवा सहजरूपमा पाउने वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

चीन सरकारबाट निर्मित धेरै परियोजनामध्ये निजामती अस्पताल नेपाललाई उपहारका रूपमा रहेको र यसलाई भविष्यमा ‘पोस्ट ग्रयाजुएट डिग्री’ अध्ययन अध्यापनका लागि चिकित्सा महाविद्यालयमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत होङले सिभिल अस्पताल यसको उत्कृष्ट डिजाइनका कारण २०७२ को भूकम्पपछि महत्वपूर्ण उद्धारस्थल बनेको स्मरण गर्नुभयो । त्यतिबेला अस्पतालमा घाइते र बिरामीको भीड र स्वास्थ्यकर्मी व्यस्त भएर काम गरेको दृश्य आफ्नो स्मृतिमा अझै ताजा रहेको उहाँको भनाइ थियो । “म त्यतिबेला यहाँको दृश्य देखेर विचलित भएकी थिएँ, हामी एउटा महान काममा खटिएका थियौँ । चीन सरकारले यो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गर्नुको खास कारण पनि त्यही हो”, राजदूत होङले भन्नुभयो ।

सिभिल अस्पताल स्थापनाको १० वर्ष नेपाल र चीनबीचको मित्रताको लिखत भएको र नेपालको लोकतान्त्रिक प्रक्रियामा साक्षी बनेको उहाँको भनाइ थियो । नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशबीच उच्चस्तरीय नेतृत्व तहमा नियमित भ्रमण आदान प्रदान भइरहेको पनि उहाँले बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीर्घराज आरसीले बताएअनुसार यो परियोजना झण्डै रु एक अर्ब ३० करोडको हुने र १५ महिनामा निर्माण कार्य सम्पन्न हुनेछ । नयाँ स्वरुपमा अस्पतालमा २७० श्यया रहने र शल्यक्रिया कक्ष, न्यूरो सर्जरी सेवा, मुटु रोगसम्बन्धी उपचार सेवा र अन्य सुविधा सम्पन्न भवन र उपकरणको व्यवस्था हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि