• होमपेज
  • फिचर
  • २० अर्ब कुहियो : पिडित बेखवर

२० अर्ब कुहियो : पिडित बेखवर

  • आइतवार, अशोज ७, २०७५
२० अर्ब कुहियो : पिडित बेखवर

करिब १ दशक अगाडीबाट सरकारी र निजी कम्पनी र संस्थामा कार्यरत कर्मचारीहरुको तलबबाट मासिक १ प्रतिशत करकट्टी गरेको २० अर्ब भन्दा बढी रकम सरकारी ढुकुटीमा रहेको भेटिएको छ ।

राज्यको सामाजिक सुरक्षा कोषमा जम्मा भएको २० अर्ब पैसा बीना फाइदा १ दर्शक देखि थन्किएको छ ।
हालै सरकारले सो रकम बोनस ऐन मार्फत राष्ट्रिय कल्याणकारी कोषबाट सामाजिक सुरक्षा कोषमा आएको र अब श्रमिकको राजिष्टे«शन गरी कार्य शुरु गरिने कोषका कार्यकारी निर्देशक श्याम अधिकारीले राजतिलक साप्ताहिकको भेटमा बताए ।

उक्त रकम सरकारी तथा निजी संस्थाका कर्मचारीको तलबबाट मासिक १ प्रतिशत करकट्टी गरेको पैसा हो ।
समयमा कानुनी आधारतय नहु्ँदा कोषका नाममा सरकारले एक दशक अघिदेखि उठाउँदै आएको एक प्रतिशत करको रकम अहिलेसम्म सरकारी ढुकुटीमा थन्किएको थियो । सरकारले कोष सञ्चालनसम्बन्धी नियमावली र कार्य्विधि नबनाएका कारण कोषमा थुप्रिएको रकमबाट सरोकारवालाले यसबाट फाइदा लिन पाएका देखिदैन ।

सर्वसाधारणको पहँुचबाहिर रहेको सो रकम अन्यत्र लगानी समेत हुन सकेको थिएन । तर, गत वर्ष ऐन आएपछि कोष श्रमिकको तथ्यांक दर्ताको तयारीमा भने जुटेको महानिर्देशक अधिकारीले बताए ।

अन्तर्र्रािष्ट्रय श्रम संगठनको सन् १९५२ को सामाजिक सुरक्षासम्बन्धी अभिसन्धि १०२ सँग मिल्दोजुल्दो हुने गरी सामाजिक सुरक्षा क्षेत्रमा विभिन्न योजना सञ्चालन गर्ने तयारीका साथ आम श्रमिकबाट सो रकम काटेको हो ।

सामाजिक सुरक्षासम्बन्धी अवधारणाले पारिश्रमिक आर्जन गर्ने हरेक व्यक्तिको कुल पारिश्रमिक आयको एक प्रतिशतले हुन आउने रकम लगानी गरेर बेरोजगारी सुरक्षा, रोजगारीमा घाइते वा कार्यस्थल सुरक्षा, बिरामी सुरक्षा, औषधोपचार सुरक्षा, मातृत्व संरक्षण, आश्रित परिवारको सुरक्षा, अशक्तता सुरक्षा र वृद्धावस्था सुरक्षासम्बन्धी विविध योजना तयार पार्ने लक्ष्य लिएको थियो ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ अनुसार कोषमा जम्मा भएको रकम परिचालन गरी कर्मचारीका लागि औषधोपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजनालगायत कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा