• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ बैंकका ग्राहकलाई क्राउन ल्याबरोटरीमा छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई क्राउन ल्याबरोटरीमा छुट

  • बिहिबार, अशोज ४, २०७५
मुक्तिनाथ बैंकका ग्राहकलाई क्राउन ल्याबरोटरीमा छुट

मुक्तिनाथ विकास बैंक लि. र क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टर, भाटभटेनी र चाबाहिल काठमाण्डांै बीच एक सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट कार्ड भएका सबै ग्राहकहरुले उक्त ल्याबरोटरीबाट स्वास्थ सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा २५% विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टरको तर्फबाट प्रशाशनीक निर्देशक कान्ति थापाले हस्ताक्षर गर्नु भएको छ ।

यो सुविधा लिन यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्ष सम्म प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार