• होमपेज
  • फिचर
  • राष्ट्रिय पदकबाट सम्मानीत तीन बैंकर

राष्ट्रिय पदकबाट सम्मानीत तीन बैंकर

  • बुधबार, अशोज ३, २०७५
राष्ट्रिय पदकबाट सम्मानीत तीन बैंकर

संविधान दिवसको अवसरमा सरकारले आर्थिक क्षेत्रका बैंकिर तथा उद्योगीहरुलाई सम्मान गरेको छ । जसमा बैंकिङ्ग क्षेत्रका तीनजना हस्तीले राष्ट्रिय विभूषणबाट बिभूषित भए ।

जसमा बैंकर देवि प्रकाश भट्टचन, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सम्मानति भएका हुन् । भने उद्योगीहरु राजेन्द्र मल्ल, हरिभक्त शर्मा, हेमराज ढकाल, मीनवहादुर गुरुङ र लोकमान्य गोल्छा रहेका छन् ।

त्यसैगरी राष्ट्रिय सहकारी संघका अध्यक्ष एव नेकपाका नेता केशव बडाल, चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक शाह, कृषि सहकारी क्षेत्रकी मीना ढकाल, उद्यमी निरु पुलामीलाई पनि सरकारले सम्मान गर्ने घोषणा गरेको हो ।

संविधान दिवसको अवसर पारेर सरकाले देशमा आर्थिक, ब्यवसायिक तथा सहकारी क्षेत्रबाट देशविकासमा टेवा पु¥याएका व्यक्तिहरुलाई राष्ट्रिय पदक घोषणा गरेको हो । सरकारले घोषणा गरेको पदक एक कार्यक्रम आयोजना गरी राष्ट्रपति विद्या भण्डारीले वितरण गर्ने्छिन् ।

Facebook Comments

सम्बन्धित समाचार